Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

मदनकृष्णको सफल शल्यक्रिया

करिब ९ वर्षदेखि पार्किन्सन रोगबाट पिडित वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको मस्तिष्कको सफल शल्यक्रिया भएको छ । गत भदौ २८ गते राजधानी स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा डिप ब्रेन स्टुमुलेसन (डीबीएस)को सफल शल्यक्रियापछि उनी घर फर्केका छन् । अस्पतालका डा. रेशा श्रेष्ठ र डा. बसन्त पन्तका अनुसार पार्किन्सन रोगबाट पिडित श्रेष्ठको चार वर्षअघि मस्तिष्कको बायाँतर्फ चिप्स राखिएकोमा अहिले शल्यक्रिया गरी दायाँ साइडमा पनि राखिएको जानकारी गराएका छन् ।यो कलाकार मदनकृष्ण श्रेष्ठको डिप दोस्रो ब्रेन स्टुमुलेसन (डीबीएस) शल्यक्रिया हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि