Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

बसुन्धरालाई लाईफ टाइम, पल र पूजालाई सुर्य अवार्ड (फोटो सहित)

'म यस्तो गीत गाउँछु' उत्कृष्ट फिल्म

सुर्य इन्टरनेशनल अवार्ड-२०१८ सम्पन्न भएको छ । जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो । १२ विधा र मास पपुलर ४ विधामा दिइएको अवार्डमा उत्कृष्ट फिल्ममा ‘म यस्तो गीत गाउँछु’ र उत्कृष्ट नायक ‘पल शाह’ र नायिका ‘पूजा शर्मा’ भएका छन् । दर्शकले दिएको भोटको आधारमा दिइएको अवार्डमा पल र पूजा दुबै फिल्म ‘म यस्तो गीत गाउँछु’बाट उत्कृष्ट भएका हुन् । यस्तै उत्कृष्ट निर्देशक फिल्म ‘म यस्तो गीत गाउँछु’बाट नै सुदर्शन थापाले अवार्ड उचालेका छन् ।

नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम अचिभमेन्ट अवार्ड-२०१८ र ३ दशकदेखी नेपाली फिल्म क्षेत्रमा क्रियाशील सदाबहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान-२०१८ प्रदान गरिएको छ ।

अन्य विधाहरुमा उत्कृष्ट सपोर्टिङ पुरुषतर्फ प्रशान्त ताम्राकार र महिला तर्फ वर्षा राउत घोषित भएका छन् । भोटिङ्गको आधारमा बाहेक मास पपुलरको आधारमा आयोजकले  ४ वटा अवार्ड वितरण गरिएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्महरुबाट रहने गरि नायक, नायिका, निर्देशक र फिल्म गरि ४ विधामा अवार्ड वितरण गरिएको हो । जसमा उत्कृष्ट नायकमा अनमोल केसी, नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र फिल्ममा ‘छक्का पञ्जा २’ रहेको छ ।

यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम अचिभमेन्ट अवार्ड-२०१८ प्रदान गरिएको छ । यस्तै ३ दशकदेखी नेपाली फिल्म क्षेत्रमा क्रियाशील सदाबहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान-२०१८ प्रदान गरिएको छ ।

निरन्तर चलचित्र पत्रकारितमा कलम चलाउँदै आउनुभएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता २०१८ बाट पुरस्किृत गरिएको छ । यस्तै निरन्तर फोटो पत्रकारितामा सक्रिय रहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित पुरस्किृत गरिएको छ । अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर, पपतर्फ गायक कमल खत्री र गायिका इन्दिरा जोशी, आधुनिक तर्फबाट गायक राजेश पायल राई र गायिका मेलिना राई उत्कृष्ट घोषित भएका छन् । अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए ।

यस्तै जापानलाई कर्मथलो बनाईरहेका नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई माया गर्ने पाँचसय भन्दा बढी दर्शकहरुको उपस्थिति थियो । अवार्ड समारोहले नेपाली कला, संस्कृतिको संरक्षण तथा नेपाली फिल्म र गीत संगीतको प्रवर्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेका छन् । अवार्ड समारोह पछि जापानमा निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् । कार्यक्रमा भोटिङ्ग सिष्टमको लागी बीइआईटी कम्पनीका पवन थापाले जिम्मा लिएका थिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि