Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

नाजिर र नीता वर्षकै उत्कृष्ट, एलजी सिने सर्कल अवार्ड २०७५ (फोटो सहित)

राजधानीको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि तथा बलिउड सुपरस्टार गोविन्दाको विशेष उपस्थितिमा एलजी सिने सर्कल अवार्ड २०७५ सम्पन्न भएको छ । तेश्रो सिनेमा सर्कल अवार्ड अन्तर्गत यो वर्ष उत्कृष्ट नायकको अवार्ड नाजिर हुसेनले चलचित्र ‘तिमीसँग’बाट उचाल्न सफल भए भने चलचित्र ‘पञ्चायत’बाट नायिका नीता ढुंगाना वर्षकै उत्कृष्ट नायिकाको अवार्ड उचाल्न सफल भइन् ।

५१ हजार नगद राशी सहित निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मान गरियो । उक्त सम्मान प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र विशेष अतिथि बलिउड सुपरस्टार गोविन्दाको हातबाट किशोर रानाकी पत्नी संगीता प्रधान रानालाई प्रदान गरिएको थियो । प्रदिप खड्काले चलचित्र ‘लिलिबिली’बाट ‘पपुलर नायक’को ट्रफी जिते भने प्रियंका कार्कीले चलचित्र ‘छक्का पन्जा २’ बाट ‘पपुलर नायिका’को अवार्ड प्राप्त गरिन् । अवार्ड समारोहमा नायक पुष्पल खड्कालाई चलचित्र ‘मंगलम’बाट क्रिटिक्स अवार्ड प्रदान गरियो भने चलचित्र ‘ऐश्वर्य’बाट नायक रमेश उप्रेती र नायिका दीपिका प्रसाईंले ‘अन स्क्रिन कपल अफ दि इयर’को अवार्ड जितेका छन् । उत्कृष्ट निर्देशकको अवार्ड भने फिल्म ‘भुइँमान्छे’बाट नवराज बुढाथोकीले प्राप्त गरेका छन् ।

तेश्रो एलजी सिने सर्कल अवार्ड २०७५ का विजेताहरु यस प्रकार छन् :

लाइफटाइम एचिभमेन्ट अवार्ड : किशोर राना
ट्रेलर अफ दि इयर : सुरेन्द्र पौडेल (कृ)
स्टण्ट अफ दि इयर : पिँजडा ब्याक अगेन (सिम्पसन तामाङ)
पपुलर गीत अफ दि इयर :  कुटुमा कुटु (दुई रुपैयाँ)
भिएफएक्स अफ दि इयर : माओत्सु मुकामी (माई लभ)
कम्मेन्डेवल फिल्म अफ दि इयर : पञ्चायत
पपुलर एक्टर अफ दि इयर : प्रदिप खड्का (लिलिबिली)
पपुलर एक्ट्रेस अफ दि इयर : प्रियंका कार्की (छक्का पञ्जा २)
ब्याकग्राउण्ड स्कोर अफ दि इयर : एलिश कार्की
एडिटर अफ दि इयर : मित्र डि गुरुङ (शत्रुगते)
पोस्टर अफ दि इयर : शत्रु गते, विजय वश्याल
स्क्रिनप्ले अफ दि इयर : तिमीसँग
सिनेमाटोग्राफर अफ दि इयर : विदुर पाण्डे (भुइँमान्छे)
एक्सन डिरेक्टर अफ दि इयर : चन्द्र पन्त (कृ)
कोरियोग्राफर अफ दि इयर : कविराज गहतराज (कुटुमा कुटु)
प्लेब्याक सिंगर अफ दि इयर मेल : सुगम पोखरेल (भन्छु आज)
प्लेब्याक सिंगर अफ दि इयर फिमेल : मेलिना राई (कुटुमा कुटु)
अन स्क्रिन कपल अफ दि इयर : रमेश उप्रेती र दीपिका प्रसाईं (ऐश्वर्य)
म्युजिक डिरेक्टर अफ दि इयर : अर्जुन पोखरेल (भन्छु आज)
एक्ट्रेस अफ दि इयर : नीता ढुङ्गाना (पञ्चायत)
एक्टर अफ दि इयर : नाजिर हुसेन (तिमीसँग)
डिरेक्टर अफ दि इयर :  नवराज बुढाथोकी (भुइँमान्छे)
फिल्म अफ दि इयर : तिमीसँग
क्रिटिक्स अवार्ड : पुष्पल खड्का (मंगलम्)

तपाईको प्रतिक्रिया

...र यो पनि