Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

बलिउड सुपरस्टार ‘गोविन्दा’ नेपालमा (भिडियो सहित)

बलिउड सुपरस्टार गोविन्दा यतिबेला नेपाल आइपुगेका छन् । गोविन्दा आइतवार काठमाडौंमा सम्पन्न हुने ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागि हुनका लागि नेपाल आएका हुन् । उनीसँगै छोरी टिना पनि नेपाल आएकी छिन् । बिहान करिब ११ बजे नेपाल आएका गोविन्दाले विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्ने क्रममा नेपाल अत्यन्त सुन्दर ठाउँ रहेको र नेपालीहरुको माया आफुलाई धेरै मिलेकोमा कृतज्ञता व्यक्त गरे । यसभन्दा अगाडि २-३ वटा चलचित्रको छायांकनका लागि नेपाल आएका चर्चित नायक गोविन्दा पशुपतिनाथको दर्शन गर्नुको साथै चन्द्रागिरी पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । पत्रकारहरुसँग कुरा गर्ने क्रममा नेपाली बोल्न आउँछ भन्ने प्रश्नमा “अलि अलि आउँछ, नेपाली भाषा सबै बुझ्छु” उनको जवाफ थियो ।

विशेष गरि पशुपति दर्शन गर्ने उद्देश्यले नेपाल आउने गरेका गोविन्दा यो पटक भने औपचारिक रुपमा नेपाली फिल्म क्षेत्रको कार्यक्रममा सहभागि हुन आएका हुन् । केही दिन अघि मात्र गोविन्दाद्वारा अभिनित चलचित्र ‘फ्राईडे’को ट्रेलर पनि सार्वजनिक भएको छ ।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि