Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

फ्राइडे रिलिज: ‘साली कसको भेनाको’

शुक्रबारबाट देशभर चलचित्र ‘साली कसको भेनाको’ प्रदर्शन भईरहेको छ । अधिकांश समयमा एक सातामा दुई तीनवटा चलचित्र प्रदर्शन भईरहेकोमा यो साता भने ‘साली कसको भेनाको’ एक मात्र चलचित्र प्रदर्शनमा आएको हो । मगर जातीको संस्कृतिमा साली र भेनाको सम्बन्धको सेरोफेरोमा बनेको कमेडी जनराको फिल्मलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । फिल्ममा विल्सन विक्रम राई, रजनी गुरुङ, सुस्मा कार्की, मरिस्का पोखरेल र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । गत सोमबार राजधानीमा गरिएको प्रिमियर शोमा चलचित्र हेरेपछि चलचित्रकर्मी र सञ्चारकर्मीले फिल्म राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि