Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

‘२.०’ को टिजरमा अक्षयको लुक्सको चर्चा (भिडियो)

लामो समय देखि बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘२.०’को टिजर सार्वजनिक भएको छ । दक्षिण भारतीय सुपरस्टार रजनी कान्त, अक्षय कुमार र एमी ज्याक्सनको मुख्य भूमिका रहेको फिल्मलाई शंकरले निर्देशन गरेका हुन् । फिल्ममा अक्षय कुमारले नेगेटिभ भूमिका निर्वाह गर्दै छन् । फिल्मको जबरजस्त भीएफएक्स, अक्षयको लुक्स र रोबोट अवतार ‘चिट्टी’को कमब्याक भएको टिजरलाई दर्शकहरुले छोटो समयमै रुचाएका छन् । करिब ४०० करोडको लगानीमा बनेको फिल्म ‘२.०’ को टिजर तामिल, तेलगु र हिन्दि भाषामा रिलिज गरिएको छ । ‘२.०’ सन् २०१० मा रिलिज भएको फिल्म ‘रोबोट’को सिक्वेल हो । फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि