Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

अनमोलकी आमा सुस्मिताको इन्गेजमेन्ट

सुपरस्टार भुवन के.सी.की पुर्वपत्नी र सुपरस्टार अनमोल के.सी.की आमा सुस्मिता बम्जनले अन्तत: इन्गेजमेन्ट गरेकी छन् । सन् २००१ मा नायक भुवन केसीसँग डिभोर्स गरेपछि एक्लै बस्दै आइरहेकी सुस्मिताले दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । किलन स्वामी एक धनाड्य व्यापारी हुन् । पारिवारिक सहमतिमा नै इन्गेजमेन्ट भएको बताउने सुस्मिताको विवाह भने सन् २०१९ को भ्यालेन्टाइनमा हुने भएको छ । भुवन र सुस्मिताको डिभोर्स हुँदा अहिलेका सुपरस्टार अनमोल ५ बर्षका थिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि