Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

विश्वका विभिन्न देशहरुमा चलचित्र ‘रामकहानी’

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ । फिल्मको कमेडी, लभस्टोरी पक्षलाई दर्शकहरुले रुचाउँदा फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ । तर, अब भने रामकहानी विश्वका विभिन्न देशहरूमा रिलिज हुने भएको छ । नेपालमा चलचित्रको सफलतासँगै विश्वका विभिन्न देशहरुबाट चलचित्रको डिमाण्ड आइरहेको जानकारी फिल्मका निर्देशक सुदर्शन थापाले दिएका छन् । चलचित्र ‘रामकहानी’को प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो चलचित्र रिलिज हुनेछ । यस्तै, चलचित्र अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ । युरोपको लागि डेनमार्कबाट प्रदर्शन सुरु गर्ने चलचित्रले पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मनी लगायतका १० वटा देशमा लगाउने तयारीमा छ । त्यसै गरि चलचित्र कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि चल्ने पक्का भएको निर्देशक थापाले जानकारी दिएका छन् ।

चलचित्रमा कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि