Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

‘कुछ कुछ होता है २’ मा रणवीर, आलिया र जाह्नवी

सन् १९९८, १६ ओक्टोबरमा रिलिज भएको चलचित्र ‘कुछ कुछ होता है’ बलिउड चलचित्र इतिहासकै एक सफल चलचित्र हो । चर्चित अनस्क्रिन जोडी शाहरुख र काजोल, रानी मुखर्जीद्वारा अभिनित चलचित्रलाई करण जोहरले निर्देशन गरेका हुन् । यसै चलचित्रबाट करण जोहरले आफ्नो निर्देशन यात्रा सुरु गरेका थिए । ९० को दशकमा आएको यो फिल्मले एकैपटक ८ वटा विधामा फिल्म फियेर अवार्ड हात पर्न सफल भएको थियो । सफल चलचित्र ‘कुछ कुछ होता है’ को सिक्वेल हेर्ने इच्छा आम दर्शकहरुको रही आएको पनि छ ।

यसै प्रसंगमा एक कार्यक्रमको दौरनमा एक श्रोताले करणलाई ‘कुछ कुछ होता है २’ कहिले बन्छ र सिक्वेलमा को को कलाकारहरु हुन सक्छन् भनेर प्रश्न गरे, जवाफमा करनले भने “यदी मैले ‘कुछ कुछ होता है २’ बनाएँ भने, रणवीर कपूर, आलिया भट्ट अनि जाह्नवी कपुरलाइ खेलाउनेछु । उनको यो जवाफबाट भाविष्यमा फिल्मको सिक्वेल आउन सक्ने अनुमान गर्न सकिन्छ.। रणवीर, आलिया, जाह्नवी यी तीनै कलाकारले करण जोहरसँग काम गरिसकेका छन् भने आलियालाई ‘Student of the year’ र जाह्नवीलाई ‘धडक’बाट करण जोहरले नै ब्रेक दिएका हुन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि