Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

‘कथा काठमाण्डु’को प्रोमो हटाउन बोर्डको निर्देशन

नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिबिचको शारीरिक सम्बन्ध राख्दै गरेको दृश्य चलचित्र ‘कथा काठमाण्डु’को प्रोमोमा समावेश थियो । त्यहि दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको छ । असोज १२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो युटुबबाट हटाउन भन्दै चलचित्र बिकाश बोर्डले निर्माण कम्पनीलाई पत्राचार गरेको छ । चलचित्र विकास बोर्डले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र हटाउन निर्देशन दिएको हो ।

संगीता श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्र गीत र प्रोमो सार्वजनिक भएपछि विवाद र चर्चाको घेरामा छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि