Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

नयाँ एल्बम ल्याउने तयारीमा ‘निमा रुम्बा’

निमा रुम्बा एक चर्चित गायक, संगीतकार, रचनाकार तथा नायक हुन् । ९० को दशकमा एकछत्र राज गरेका निमा आफ्ना चर्चित गीतहरु क्याट वक, प्रिती बस्यो, प्रियसी, आउ आउ जस्ता गीतबाट पप स्टार बन्न सफल भएका हुन् र गीत संगीत सँगै ठुलो पर्दामा पनि आफुलाई हेर्ने शौख भएका निमा बेला बेला चलचित्रमा पनि झुल्किने गर्छन् । यहि असोज १२ बाट उनी अभिनित चलचित्र छिरिंग आउँदै छ, जसमा उनको मुख्य भूमिका रहेको छ र ‘कागबेनी’ चलचित्रमा आफ्नो अभिनयबाट सबैको मन जितेका निमाको नयाँ गीत सुन्न नचाहने दर्शक को होला र ? सन् २०११ पछि उनको कुनै पनि एल्बम बजारमा आएको छैन । तर, अब भने आफ्ना फ्यानहरुको डिमाण्ड पुरा गर्ने भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै “मेरो पहिचान भनेकै गायक, संगीतकार हो, त्यसपछि मात्र चलचित्रकर्मी भन्न रुचाउँछु, धेरै वर्षपछि यो वर्ष एल्बम निकाल्ने तयारीमा छु ।” यो खबरले पक्कै पनि निमा रुम्बाका फ्यानहरुमा खुशी आउने अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि