Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

‘लव स्टेशन’मा उहि जोडी, प्रदिप–जसिता

काठमाडौं, फिल्मी इन्फो । चकलेटी नायक प्रदिप खड्का र सुन्दरी नायिका जसिता गुरुङको जोडीलाई चलचित्र ‘लिलिबिली’मा दर्शकहरुले निकै रुचाएका थिए । पहिलो चलचित्रबाट नै जसिताको सुन्दरता, अभिनय र बोलीको निकै चर्चा भएको थियो । ‘लिलिबिली’मा अनस्क्रिन रोमान्स गरेका यी जोडी नयाँ चलचित्र ‘लव स्टेशन’बाट फेरी पर्दामा देखिने भएका छन् । असोज ५ बाट छायाँकनमा जाने तयारी रहेको फिल्म ‘लव स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । ‘वडा नम्बर ६’ फिल्म उज्ज्वल घिमिरेलेद्वारा निर्देशित पछिल्लो चलचित्र हो ।


लण्डन निवासी नायिका जसिता हाल चलचित्रको वर्कशपमा व्यस्त छिन् । उज्ज्वल घिमिरे जस्तो अनुभवी र सफल निर्देशकसँग काम गर्न पाउँदा आफु सन्तुष्ट भएको बताउछिन जसिता । गोविन्द शाहिको निर्माणमा बन्न लागेको चलचित्रमा कलाकारहरु प्रदिप र जसितासँगै निरुता सिंह, सरोज खनाल, प्रकाश शाह, मिस सिलिगुडी श्रद्धा क्षेत्री आदि कलाकारहरु रहनेछन्। फिल्मको पटकथा मन परेकै कारण फिल्ममा आबद्ध छु भन्छन् प्रदिप खड्का । फिल्म ९९ % भारतको दार्जलिङ र सिक्किममा छायाँकन हुनेछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि