Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

भ्यालेनटाइनमा ‘बुलबुल’ आउने पक्का

निर्देशक विनोद पौडेलको पहिलो निर्देशनमा बनेको चलचित्र ‘बुलबुल’को रिलिज डेट तय भएको छ । नायिका स्वस्तिमा खड्काद्वारा अभिनित चलचित्र ‘बुलबुल’ यहि आउँदो फागुन ३ गतेबाट देशभर प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन्, जसको लागि उनले एक महिना भन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । फिल्म एउटा महिला टेम्पो चालकको कथालाई समेटी निर्माण भएको हो ।

करिब २५ दिनमै फिल्मको सुटिंग सकेको ‘बुलबुल’ निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ । चलचित्रमा लक्ष्मी बर्देवा, बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दिपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि