Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

‘फिल्म नगरीमा राजनीति छ’ – यश कुमार

चर्चित गायक यश कुमारको निर्देशनमा बनेको फिल्म ‘छिरिंग’को ट्रेलर सार्वजनिक भएको छ । रिदम फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा कलाकारहरु यश कुमार, निमा रुम्बा र नव नायिका कामना भुजेलको मुख्य भूमिका रहेको छ । चलचित्र असोज १२ बाट देशभर प्रदर्शन हुनेछ । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मको बारेमा भन्दा पनि निर्देशक यश कुमारले फिल्म नगरीमा हुने राजनीति प्रति गरेको गुनासोले चर्चा पायो । करिब ५ वटा चलचित्र गरेको अनुभव संगालेका यश भन्छन् “फिल्म राम्रो बनाएर मात्र नहुने रहेछ, को भन्दा को कम भन्ने दौडमा भएका हामीमा एकताको कमी छ ।” उनको यो गुनासो असोज १२ मा नै उनकै चलचित्रसँग ‘कथा काठमाडौं’  र ‘अनुराग’ चलचित्र एकै दिनमा रिजिल हुने प्रसंगमा हो । आफुले चलचित्र ‘छिरिंग’को रिलिज डेट तोक्दा कुनै चलचित्र रिजिल नहुने कुरा भएकोमा पछि ‘अनुराग’ र प्रियंका स्टारर फिल्म ‘कथा काठमाडौं’ जुध्न आएपछि यशलाई तनाव भएको छ । ‘छिरिंग’ चलचित्र तामाङहरुले हेर्ने चलचित्र हो, कथा काठमाडौँमा प्रियंकाको बेड सिन छ, फिल्मको चर्चा छ, भन्दै केहि वितरकहरुले उचाल्दा आफ्नो फिल्म जुध्न पुगेको दाबी गर्छन् । आफुले फिल्म नजुधाउन आग्रह गर्नुपर्ने सबै ठाउँमा गर्दा पनि साथ सहयोग नपाएको बताउने यश कुमार, प्रियंका जस्तो स्टारको फिल्मसँग जुध्ने कुराले १५-२० दिन नै भइसक्यो रे निदाउन नसेकेका ।

तथापि, आफ्नो चलचित्र ‘छिरिंग’ समय सापेक्ष उत्कृष्ट फिल्म भएकोमा आफु निर्धक्क भएको बताउँछन । “२ करोड जनसंख्या भएको देशमा २-३ लाखले फिल्म हेर्छन, त्यस्मा पनि हिन्दी चलचित्रको प्रभाव भएको देशमा एउटा निर्माताले ऋण गरेर फिल्म बनाउँदा पनि यस्तो अवस्था सिर्जना भएमा नेपाली फिल्म उद्योगको विकासमा बाधा नआउला भन्न सकिन्न” यश कुमार भन्छन् ।

तपाईको प्रतिक्रिया