Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘कस्मिक लभ’लाई आर्थिक संकट, छायांकन नै रोकियो

खर्च अभाव कै कारण फिल्मको छायांकन रोकिएको छ । दुबैजना मिलेर काम अगाडी बढाए सबैलाई राम्रो हुन्थ्यो ।

मुभी मेकर प्रा लि.को ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘कस्मिक लभ’ पैसा अभावका कारण करिब ८०% सुटिंग सकेपछी छायांकन बन्द भएको छ । करिब १ करोड ५० लाख लगानी गरि फिल्म निर्माण गर्ने घोषणा गरेको निर्माण टिमले अहिले एउटा गीत सार्वजनिक गरेपछि फिल्म छायांकन बन्द गर्न बाध्य भएका छन् । फिल्मका निर्देशक बि.एस बलामीका अनुसार निर्माता सम्पर्क बाहिर भएकै कारण छायांकन बन्द गर्न बाध्य भएको हो । “पोखराको गीत सुटिंगको सम्पूर्ण खर्च सुरज प्रधानले नै गर्नुभयो, खर्च अभाव कै कारण फिल्मको छायांकन रोकिएको छ । दुबैजना मिलेर काम अगाडी बढाए सबैलाई राम्रो हुन्थ्यो” निर्देशक बलामी भन्छन् ।

प्रत्येक तीन महिनामा एउटा फिल्म गर्ने गरि १० वटा फिल्म निर्माण गर्ने जस मध्ये ६ फिल्मको नाम दर्ता भैसकेको, बाँकी ४ दर्ताको क्रममा रहेको अनौपचारिक घोषणा समेत गरेका फिल्मका निर्माताद्वय जे गौतम र सुरज प्रधान मध्ये अहिले जे गौतम भने सम्पर्कबिहीन छन् । फिल्ममा प्रशान्त ताम्राकार, रविन तामाङ, अर्पण थापा, दिया मास्के लगायतका कलाकारहरुको अभिनय रहेको छ भने फिल्मबाट कलाकार रिजन थापासँगै पूजन थापाले डेब्यु गर्दैछन ।

तपाईको प्रतिक्रिया

...र यो पनि