Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

बलिउडका बादशाह र सुल्तानको मित्रता

बलिउड सुपरस्टार सलमान खान र शाहरुख खान भारतको मात्र नभएर संसारभरिकै चर्चित अभिनेता हुन् । झन्डै तीन दशकदेखि आफ्नो अभिनयबाट करोडौं दर्शकहरुको मनमा राज गरिरहेका यी दुई सुपरस्टारको दुस्मनीले जति चर्चा पायो त्यती चर्चा मित्रताले पनि पाइरहेको छ । आफ्नो मित्रताको लागि कहिले सलमान शाहरुखको फिल्ममा झुल्किन्छ भने शाहरुख पनि सलमानको लागि जे गर्न नि हरदम तयार हुन्छन् । सोनी टीभीबाट प्रसारण भएको रियालिटी शो ‘दशका दम’को फिनालेमा सलमान-शाहरुख एकै मञ्चमा देखा परे । सलमान खानद्वारा होस्ट गरिएको शोमा शाहरुखले सलमानलाइ Romance गर्न सिकाउदै शोलाई भरपुर मनोरञ्जनात्मक बनाएका थिए ।

भरपुर मनोरञ्जनले भरिएको शोमा रानी मुखर्जी र चर्चित कमेडियन सुनिल ग्रोवेर (डा. मसुर गुलाटी)को आगमनले कार्यक्रम अझै रोमाञ्चित बन्न पुग्यो । कार्यक्रमकै दौरानमा सलमानले एउटा प्रश्न सोधे, ‘कति प्रतिशत भारतीयसँग एउटा यस्तो साथी हुन्छ, जो सुख, दुखमा सधैं अगाडि हुन्छ ?’ शाहरुखले १ सेकेन्ड नि नसोच्दै जवाफमा भने, मेरो लागि भन्दा नि, मेरो परिवार दुःखमा हुँदा सँधै तिमी अगाडि हुन्छौ’ भन्दा सलमान भावुक हुँदै शाहरुखसँग अँगालोमा बाँधे । यसबाट बलिउडका बादशाह र सुल्तानको मित्रता कति घनिष्ट छ भनी अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि