Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

रामकहानीलाइ रुचाए दर्शकहरुले

शुक्रबारबाट देशभर रिलिज भएको चलचित्र ‘रामकहानी’को व्यापार शनिबार आक्रामक देखिएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रले शुक्रबार करिब ४० लाख आसपासको व्यापार गर्दै पहिलो दिन मल्टिप्लेक्स र सिंगल थिएटरमा राम्रो कमाई गरेको छ । काठमाडौंका सिंगल थिएटर हाउसफूल छन् भने मल्टिप्लेक्समा पनि ८० देखि ९० प्रतिशतको अकुपेन्सी देखिएको छ । काठमाडौं बाहिर पनि चलचित्रले निकै राम्रो व्यापार गरेको वितरकले जनाएका छन् । कलाकारहरु शुक्रबार राजधानीका विभिन्न हलहरु अष्टनारायण, कुमारी, बीग मुभिज लगायतका हलहरुमा दर्शकसँग साक्षात्कार गर्न र प्रतिक्रिया लिन गएका थिए । नायीका पूजा शर्माले आफ्ना अघिल्ला चलचित्रमा जस्तै यसमा पनि दर्शकको माया मिलेको भन्दै खुशी व्यक्त गरिन् । पूजासँगै हलमा पुगेका आकाश श्रेष्ठको यूवतीहरुमाझ क्रेज विशेष देखियो । पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई दर्शकको राम्रो साथ मिलको छ ।

तपाईको प्रतिक्रिया