Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

सलमान खान फेरी कानुनी झमेलामा

बलिउड दबंग सलमान खान फेरी एकपटक कानुनी झमेलामा फसेका छन् । आफ्ना ज्वाईं आयूष शर्मालाई नायक बनाएर निर्माण गरिरहेको फिल्म ‘लवरात्री’को टाइटलमा आपत्ति जनाउँदै एक हिन्दूवादी वकिल, सुधिर कुमार ओझाले बिहारको अदालतमा मुद्दा दायर गरेका छन् । सलमान खान मुस्लिम भएकाले उनले जानी–जानी हिन्दूहरुले मनाउने नवरात्री पर्वलाई बिगारेर ‘लवरात्री’ बनाउदै हिन्दूहरुको भावनालाई ठेस पुर्‍याउने काम गरेको रिट निवेदनमा भनिएको छ । यस अघि फिल्मको ट्रेलर रिलिज लगत्तै पनि विवाद उत्पन्न भएको थियो । आगरामा रहेको हिन्दूवादी संगठन ‘हिन्दू हि आगे’ले फिल्मको विरोध गर्दै पोष्टर जलाएको थियो । यस संगठनको आगरा यूनिटका प्रमुख गोविन्द परासरले सलमान खानलाई पिट्ने र फिल्मको सेटमा आगजनी गर्नेलाई २ लाख भारु दिने घोषणासमेत गरेका थिए । यो मुद्दामा अदालतले आउँदो १२ सेप्टेम्बरमा फैसला सुनाउने छ । ‘लवरात्री’ फिल्मलाई आउँदो नवरात्रीकै सेरोफेरोमा रिलिज गर्ने तयारी निर्माण पक्षको भएता पनि अब भने अदालतको फैसला पछि नै रिलिजको टुंगो हुने देखिन्छ । फिल्ममा आयूष शर्मा, वारिना हुसैनको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया