Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

देशभरका करिब ९५ पर्दामा ‘रोज’

गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र रोज भदौ २२ अर्थात आजबाट देशभर प्रदर्शनमा आएको छ । नायक प्रदिप खड्का र नायिका परमिता आर एल राणाको प्रेम र उनीहरुबिच उत्पन्न भएको असमझदारीको वरिपरी घुमेको चलचित्र शुक्रबारनै राजधानीको कमलपोखरी स्थित बिग मुभिजमा विशेष शो पत्रकार र चलचित्रका कलाकारहरु सँगै बसेर हेरेका थिए । चलचित्र हेरेपछि प्रतिक्रिया दिदै उनिहरुले समाजमा घट्ने घटनालाई चलचित्रले समेटेको बताएका छन् । लव स्टोरीमा आधारित चलचित्र रोज हेर्नेहरुले कसैको वास्तविक जीवनसँग चलचित्र मेल नखाएको समेत उल्लेख गरेका छन् ।

देशभरका करिब ९५ पर्दामा रिलिज भएको यो चलचित्र शुक्रवार बिहान काठमाण्डौंको बिग मुभिजमा विशेष शो आयोजना गरिएको हो । विशेष शोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का, नायिकाद्धय मिरुना मगर र परमिता आर एल राणा, निर्देशक निरक पौडेल लगायत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि