Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

२० लाख लिएर अनमोल ब्राण्ड एमबास्डर बने

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक अनमोल केसी आई मार्स मोबाइलको ब्राण्ड एमबास्डर बनेका छन् । हालै नेपालमा आउन लागेको उक्त मोबाइलको ब्राण्ड एमबास्डर बन्न अनमोलले २० लाख रुपैयाँ लिएको बताइएको छ । ओपल मल्टिनेशनलले नेपाली बजारमा आई मार्स मोबाइल ल्याउन लागेको हो । दशैंपछि नेपाली बजारमा आउने मोबाइलका लागि अनमोल लोकप्रिय नायक भएकै कारण आफ्नो ब्राण्डसँग उनलाई जोडेको ओपलका कन्ट्री म्यानेजर सुशील न्यौपानेले जानकारी दिनुभयो । आई मार्स मोबाइलका लागि केसी १ बर्षको लागि ब्रान्ड एम्ब्यासडर बनेका हुन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि