रिलिज अगावै ‘छक्का पञ्जा ३’ को रेकर्ड, ३७ दिनमा करोड क्लब

गीत रिलिज भएको ३७ दिनमै करोड क्लब प्रवेश गर्ने पहिलो नेपाली फिल्मी गीत बनेको छ ‘पहिलो नम्बरमा’ ।
“छक्का पन्जा ३” फिल्मको पहिलो गीत ‘पहिलो नम्बरमा’ यतिबेला चर्चाको शिखरमा छ । संगीतकार दिपक शर्माको संगीत रहेको गीत पहिलो नम्बरमा करोड क्लबमा प्रवेश गर्न सफल भएको हो । गीत रिलिज भएको ३७ दिनमै करोड क्लब प्रवेश गर्ने पहिलो नेपाली फिल्मी गीत बनेको छ ‘पहिलो नम्बरमा’ ।
चलचित्र ‘छक्का पन्जा ३’ टिमले राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि गीत करोड क्लबमा पुगेको र ‘पहिलो नम्बरमा’का संगितकार दिपक शर्माको जन्मदिन परेकोले दुवै खुसियाली केक काट्दै मनाएका थिए । कार्यक्रमकै क्रममा निर्देशक दिपाश्री निरौला र दिपकराज गिरीले चलचित्रको अर्को गीत चाँडै नै रिलिज हुने र त्यसको केहि दिन पछि नै ट्रेलर सार्वजनिक हुने जानकारी दिए । वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ३’ को रिलिज डेट भने अझै पनि फाइनल भएको छैन ।
थप समाचार

तपाईको प्रतिक्रिया