Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

छक्कापञ्जा ३ र जय भोले प्रदर्शन मिति जुधाउने दाउमा

प्रतिस्पर्धाका नाममा चलचित्र जुधाउन थालियो भने नेपाली चलचित्र क्षेत्रमा ठुलो असर नपर्ला र ?

पछिल्लो समय नेपाली चलचित्र निर्माणको क्रम बढीरहेको छ । दैनिक जसो चलचित्रको शुभ मुर्हत, गीत रिलिज तथा ट्रेलर सार्वजनिक भईरहेका छन् । दर्शकको मागकै कारण होला विभिन्न कथावस्तु समेटीएर नेपाली चलचित्र आईरहदा प्रदर्शन मिति जुधाउने परिपाटी पनि बढेको छ भन्दा खासै फरक नर्पला । उदाहरणका लागी चलचित्र छक्कापञ्जा ३ र जय भोलेलाई लिन सकिन्छ । छक्कापञ्जा ३ युनिटले युटुबमा रिलिज भएको ३७ औं दिनमा चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले १ करोड भ्यूज पाएको र संगीतकार दिपक शर्माको जन्मदिन परेको अवसरमा राजधानीमा भव्य समारोहका बिच केक काटेको केहि घण्टा नबित्दै बिहिवार नै चलचित्र जय भोले टिमले पनि चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ ।

छक्कापञ्जा ३ फुलपातीको दिन भनेर शुभ मुर्हतमा नै प्रदर्शनको मिति घोषणा गरेको छक्का पञ्जा युनिटलाई चुनौती दिदै जय भोले युनिटले पनि ट्रेलर सार्वजनिक गरेसँगै दशैंको आसपासमा आफ्नो चलचित्र प्रदर्शनमा आउने लगभग पक्का पक्की भएको कार्यक्रममा उद्घोष गरेको थियो । दर्शकले छक्कापञ्जा ३ फुलपातीको दिन हेर्न पाईने भो भनेर प्रतिक्षा गरिरहदा हाल आएर छक्कापञ्जा टिमले पनि फुलपातीको दिन नै चलचित्र प्रदर्शनमा आउछ भनेर औपचारीक रुपमा घोषण नर्गदा कतै जयभोले चलचित्रसँग छक्कापञ्जा टिमले पनि प्रदर्शन मिति जुधाउन त खोजेको होईन भनेर बजारमा चर्चा बढेको छ । स्मरण रहोस अझ जयभोलेका निर्देशक अशोक शर्माले त ट्रेलर सार्वजनिक समारोहमा नै संचारकर्मीले राखेको जिज्ञासामा भारतमा इदमा चलचित्र रिलिज हुँदा घाम हेरेर चलचित्र रिलिज गरिन्छ, हाम्रो पनि त्यही शैली हो ।

हामी पनि दशैंको घटस्थापनादेखि पूर्णिमासम्म घाम लाग्ने राम्रो दिन हेरेर रिलिज गर्छौ भनेपछी त छक्कापञ्जा र जयभोले प्रदर्शन मिति जुध्ने लगभग पक्का भएको छ । हास्य तथा सामाजिक विषयमा निर्माण भएको जयभोले चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तमाङ, सलोन बस्नेत, राजाराम पौडेल, लक्ष्मी गिरी लगायतको मुख्य भूमिका र खगेन्द्र लामिछानेको पटकथा, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । नेपाली चलचित्र विभिन्न कथावस्तु समेटेर केही सन्देश आम दर्शकलाई दिन सकीन्छ भनेर निर्माण हुनु खुसीको कुरा हो, तर प्रदर्शन मिति नै जुधाउनु चै पक्कै राम्रो होईन । प्रतिस्पर्धाका नाममा चलचित्र जुधाउन थालियो भने नेपाली चलचित्र क्षेत्रमा ठुलो असर नपर्ला र ?

तपाईको प्रतिक्रिया

...र यो पनि