Date
बिहि, फाल्गुन २०, २०७७
Thu, March 4, 2021

‘प्रवल जन सेवा श्री’ पदकबाट जितु नेपाल सम्मानित

काठमाडौं । नेपाल राष्ट्रको गौरव एंव नेपाली जनताको हित अभिबृद्धीमा उल्लेखिनीय योग्दानको सम्मान स्वरुप नेपाली हाँस्य जगतका सफल कलाकार तथा निर्माता जित बहादुर नेपाल (जितु) ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित भएका छन् । नेपालले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका हुन् । राज्यबाट पहिलो पटक यति ठुलो सम्मान पाउँदा आफु निकै नै भावूक भएको कलाकार नेपालले बताए ।

जितुको साथमा कला क्षेत्रबाट अशेष मल्ल, ब्याकुल माइला, कृष्ण कँडेल, दुर्गा रायमाझी, बसन्त प्रकाशले यो सम्मान प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि