Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘इन्टु मिन्टु लण्डनमा’को तेश्रो गीत ‘जुरायो’ सार्वजनिक


असोज ५ गते रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को तेश्रो गीत ‘जुरायो’ सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी इन्टु मिन्टु टिमले उक्त गीत सार्वजनिक गरेको हो । रेनषा बान्तवा राईले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को तेश्रो गीत ‘जुरायो’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सारुक ताम्राकारलाई फिचरिङ गरिएको छ भने चलचित्रमा नायक धिरज मगरको मुख्य भूमिका रहेको छ । गीतले विशेषगरि, बिबाहको माहोललाई प्रस्तुत गरेको छ । बसन्त सापकोटाको शब्द तथा संगीत, राजेश पायल राई र मेलिना राइको स्वर रहेको गीतमा विक्रम लामा र एन्जिला खत्रीले भिडियोको कोरियोग्राफी गरेका हुन् । ‘आई कोर फिल्मस’को ब्यानरमा निर्माण भएको ‘इन्टु मिन्टु लण्डनमा’ प्रभुशमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी रहेको छ । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा का यस अघि सार्वजनिक भएका गीत तथा ट्रेलर दर्शक तथा श्रोताले अत्याधिक मन पराएका कारण चलचित्रले आफ्नो पकड जमाउने अनुमान गरीएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि