Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

अनमोल र उकुशाको जोडी जम्ला त ‘ब्याचलर बन्टी’मा ?

नेपालीहरुको महान चाड दशै लगतै यूरोपका विभिन्न स्थानमा छायांकन हुने भनिएको चलचित्र ब्याचलर बन्टीमा नेपालका चर्चित नायक अर्थात भुवन केसीका छोरा अनमोल केसी अनुबन्धित भएका छन् । चलचित्रमा अनमोलका जोडीका रुपमा भने मिस एशिया २०१७ की बिजेता उकुशा गिरी आउने भएकी छिन् । काठमाण्डौं बानेश्वर निवासी १९ वर्षिया उकुशा अनमोलले काम गर्न लागेको आठौ चलचित्रकी नायीका बन्ने भएपछि बजारमा उनको चर्चा ह्वातै बढेको छ । आगामी फागुन १७ गतेलाई प्रदर्शन मिति तय गरीएको चलचित्र ‘ब्याचलर बन्टी’ सुदिप खड्का प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । कमेडी र लभस्टोरी कथामा निर्माण हुन लागेको चलचित्रका अन्य कलाकार भने अझै सम्म फाइनल भएका छैनन ।

तपाईको प्रतिक्रिया

...र यो पनि