Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

फिल्मीईन्फो अनलाईन पोर्टल शुभारम्भ

नेपाली फिल्मलाई माया गर्ने र नेपाली फिल्मबारे जानकारी राख्न चाहने आम पाठकलाई सजिलै मनोरञ्जन क्षेत्रका बारेमा बुझ्न सक्ने सामाग्री समाबेश गराएर पाठक माझ हामीले फिल्मीईन्फो अनलाईन पोर्टल संचालनमा ल्याएका छौं । नेपाली मनोरञ्जन क्षेत्र प्रचार प्रसारमा भएको कमीले पनि आम पाठक माझ पुग्न नसकेको तथ्य हाम्रा अगाडी छ । अहिलेको युग संचारको युग हो संचारले विश्वलाईनै साँघुरो बनाई दिएको छ । नेपालमा पनि यसलाई पछ्याउदै थुप्रै संचार माध्यम खुलेका छन् तर मनोरञ्जनलाई ती संचार माध्यमले एउटा कुनामा राखेर साँघुर्याएका छन् । विश्व जमातमा नेपाली मनोरञ्जन क्षेत्रलाई एउटा कुनामा राखेर न्याय नभएको तथ्यलाई बुझी हामीले एक क्लिकमा सम्पुर्ण मनोरञ्नका खबर र जानकारी पाउन सकिने गरि फिल्मीईन्फो अनलाईन पोर्टल संचालनमा ल्याएका हौं । यो जन्मदै अर्थात शुरु गर्दैमा सबै पूरा हुने पक्कै होइन, अनलाईन लाई तपाईहरुकै सल्लाह सुझाव अनुसार परिस्कृत गर्दै लैजान्छौं । आवश्यक सल्लाह सुझाब र प्रतिक्षाको अपेक्षा गरेका छौं । फिल्मीइन्फो अनलाईन पोर्टल लामो समयदेखी संचार माध्यममा कार्यरत सचांरकर्मीहरुको समुहले संचालनमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि