कथा काठमाण्डुको ट्रेलर सार्वजनिक, प्रियंका उपस्थित नहुँदा निर्माण पक्ष तनाबमा

चलचित्रको गीत आउदा मेरो पात्रवारे थोरै थाहा पाउनुभएको थियो, ट्रेलर हेरीसक्दा चलचित्र भित्रको मेरो पात्रवारे अझै धेरै प्रष्ट हुनु हुनेछ र पात्र कथासगै बहन्छ, कथा जता बग्यो पात्र त्यतै…
चलचित्र ‘कथा काठमाण्डु’को ‘रातको कुरा’ बोलको गीत सार्वजनिक भएपछि मुख्य नायिका प्रियंका कार्की यतिबेला चर्चामा आएकी छिन् । गीत तथा ट्रेलर सार्वजनिक भएपछि नायिका कार्की ‘कथा काठमाण्डु’ निर्माण टिमसँग भने असन्तुष्ट रहेको चर्चा बजारमा चलिरहेको छ । चर्चामा आउनुको मुख्य कारण भने गीत र ट्रेलर सार्वजनिक समारोहमा उनी किन उपस्थित भईनन् भन्ने नै हो । गीत र ट्रेलर सार्वजनिक भएसगै नायिका कार्कीले आफ्नो इन्स्टाग्राममा चलचित्रको ट्रेलरका केही दृश्य भने शेयर गरेकी छिन् । शेयर गर्ने क्रममा उनले “चलचित्रको गीत आउदा मेरो पात्रवारे थोरै थाहा पाउनुभएको थियो, ट्रेलर हेरीसक्दा चलचित्र भित्रको मेरो पात्रवारे अझै धेरै प्रष्ट हुनु हुनेछ र पात्र कथासगै बहन्छ, कथा जता बग्यो पात्र त्यतै…” भनेर लेखेकी छिन् ।
संगीता श्रेष्ठको निर्देशन र विजय राईको लगानीमा बनेको चलचित्र ‘कथा काठमाण्डु’मा काठमाण्डुमा बसोबास गर्ने ३ जोडीको जीवनमा आइपरेका समस्या र संघर्षका कथालाई उतार्ने प्रयास गरिएको छ । चलचित्र असोज १२ गतेबाट प्रदर्शनमा आउदै छ ।
थप समाचार

तपाईको प्रतिक्रिया