Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

रियल प्रेम जोडी सौगात र सृष्टि चलचित्र “मासु भातमा”

चलचित्र दाल भात तरकारी निर्माण भईरहदा पुन अर्को चलचित्र ‘मासु भात’ पनि निर्माण हुने भएको छ । दाल भात तरकारी नामको फिल्म बनाउने घोषणा गरेको केही दिन बित्न नपाउदै मासु भात चलचित्रको पनि नाम घोणणा गरीएको हो । मासु भातमा चलचित्रमा नायक सौगात मल्ल र नायिका सृृष्टी श्रेष्ठको जोडी देखिनेछ । उहाँहरु वास्तविक जीवनमा समेत प्रेममा रहनु भएको छ । चलचित्र निर्माण युनिटले अन्य कलाकार र कथावस्तुको बारेमा केहि दिनमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने जनाएको छ । लामो समयदेखी प्रेम रोमान्समा रमाइरहेका यो जोडीलाई लिएर निर्देशक सञ्जीव न्यौपानेले चलचित्र मासु भात बनाउन लाग्नुभएको हो । उत्कृष्ट कथा र भूमिका भेटेको खण्डमा सौगात र सृष्टिले सगै काम गर्ने भनिरहदा चलचित्र मासु भातमा एकसाथ काम गर्न लाग्नुभएको हो । यस अघि फिल्म ‘लालपूर्जा’ मा पनि सौगात र सृष्टिले काम गरीसक्नु भएको छ ।

उत्कृष्ट कथा र भूमिका भेटेको खण्डमा सौगात र सृष्टिले सगै काम गर्ने भनिरहदा चलचित्र मासु भातमा एकसाथ काम गर्न लाग्नुभएको हो ।

२०७५ भदौ ११ गते १६:३८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

...र यो पनि