Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

नेहा धुपियाले आफू गर्भवती भएको स्वीकारीन

बिहे गरेपछि पनि संचार माध्यममा नेहाले किन यसरी गुपचुप र हतारिएर बिहे गरिन् भन्ने खवर बाहिर आएको थियो ।

अंगद बेदीसँग गुपचुप बिहे गरेकी बलिउड अभिनेत्री नेहा धुपियाले अन्ततः आफू गर्भवती भएको स्वीकारेकी छिन् । उनले सामाजिक सञ्जालमा आफु र अंगद सगै उभिएको फोटो सार्वजनिक गरेसगै यो समाचार बाहीर आएको हो । सन् २०१८ मे १० दिल्लीमा अंगद बेदीसँग नेहाले गुपचुप बिहे गरेपछि पनि संचार माध्यममा नेहाले किन यसरी गुपचुप र हतारिएर बिहे गरिन् भन्ने खवर बाहिर आएको थियो । अंगदसँग लामो प्रेम सम्वन्ध पछि नेहाले बिहे गरेकी थिईन । नेहाले आफ्ना व्वाईफ्रेन्ड अंगद बेदीसँग कुनै तामझाम बिना गोप्य बिहे गरेपछि दुवैले आ आफ्नो सोसल मिडिया अकाउन्टमा खुशीको खबर पनि सेयर गरेका थिए । अंगद भारतीय क्रिकेटर बिशन सिंह बेदीका छोरा हुन् । उनले केही बलिउड फिल्ममा अभिनय पनि गरेका छन् ।


२०७५ भदौ १० गते १८:०९ मा प्रकाशित


 

तपाईको प्रतिक्रिया

...र यो पनि