Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

‘रामकहानी’ युनिट प्रचारमा व्यस्त

दर्शकको आकर्षण बढाउन चलचित्र ‘रामकहानी’ यूनिटले प्रचारको नौलो शैलि अपनाएको हो ।

रिलिज हुने मिति नजिकीदै गर्दा चलचित्र ‘रामकहानी’ युनिटले आफ्नो प्रचार विद्यार्थीमाझ गरेको छ । काठमाण्डौंको अक्सिडेन्टल बोडिङ् स्कुलका विद्यार्थीमाझ चलचित्र युनिटले एक कार्यक्रम गरेको हो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल लगायतले ‘तिम्रो लागि म छु’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । दर्शकको आकर्षण बढाउन चलचित्र ‘रामकहानी’ यूनिटले प्रचारको नौलो शैलि अपनाएको हो । अक्सिडेन्टल बोडिङ् स्कुलका विद्यार्थीसँगै चलचित्रका मुख्य कलाकारले गीत नृत्य प्रस्तुत गर्दा विद्यार्थीले पनि साथ दिएका थीए । सुदर्शन थापाको निर्देशनमा तयार भएको कमेडी र लभस्टोरी बिषयको चलचित्र भदौ २२ गते रिलिज हुन लागेको हो ।

 

२०७५ भदौ १० गते २३:०० मा प्रकाशित

 

तपाईको प्रतिक्रिया

...र यो पनि