Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

भुकम्पले गरेकोे क्षतीका बारेमा चलचित्र ब्ल्याक एयर निर्माण हुँदै

२०७२ सालको वैशाख १२ गते नेपाललाई तसनहस पार्ने गरी गएको विनाशकारी भूकम्पको घाउ अझै आलै छ । भूकम्वाट हजारौंले ज्यान गुमाए थुप्रै परिवार घरवार विहीन भए, भने आर्थिक क्षति पनि त्यतीनै भयो । पीडितहरु अझै त्रिपालमुनी बस्न बाध्य छन् । भूकम्प गएको लामो समय बितिसक्दा पनि त्यसको त्रास नेपालीको मनबाट हट्न नसकेको बेला भुकम्पले गरेकोे क्षतीका वारेमा ब्ल्याक एयर चलचित्र निर्माण हुने भएको छ । उक्त्त चलचित्रको बिहिवार शुभमुहुर्त गरीएको छ । काठमाडौको मैतिदेवि मन्दिर परिसरमा केही कलाकारको उपस्थितिमा चलचित्रको शुभमुहुर्त गरीएको हो । निर्माता योगेन्द्र पनेरुले निर्माण गर्न लागेको उक्त चलचित्रको छाँयाङ्कन शुरु भईसकेको बतार्ईएको छ । सो चलचित्रमा सुरेन्द्र बुढाथोकी र रश्मी शाहको मुख्य भुमीका र उकेश पनेरु ,अनुपा खड्का ,देव सागर पवन भट्टराई लगाएतको अभिनय रहने छ । फोकस आउट मिडिया प्रालिको ब्यानरमा आउन लागेको उक्त फिल्म भुकम्प आएको दिन पारेर २०७६ साल बैशाख १२ गते प्रर्दशनिमा आउने निर्माण पक्षले जनाएको छ ।

२०७५ भदौ १० गते १ः४० मा प्रकाशित

तपाईको प्रतिक्रिया

...र यो पनि