‘गाईजात्रा महोत्सव’ भदौ ११ गतेदेखि १८ गतेसम्म नाचघरमा

प्रत्येक वर्षजस्तै यस वर्ष पनि गाईजात्रा महोत्सव २०७५ भदौ ११ गतेदेखि १८ गतेसम्म हुने भएको छ । विगतका वर्षहरुमा प्रज्ञा प्रतिष्ठानमा हुने गरेको ‘गाईजात्रा महोत्सव’ यो वर्ष भने राष्ट्रिय नाचघरमा हुने भएको हो । गाईजात्रा कार्यक्रम प्रत्येक दिन साँझ साढे पाँच बजेदेखि सुरु हुने र बिदाको दिन अतिरिक्त शो दिउँसो साढे २ बजे हुने बताईएको छ । यस पटक गाईजात्रा कार्यक्रममा दिपकराज गिरी,, दिपाश्री निरौला,माग्ने बुढा, धुर्मुस ,जितु लगाएतका कलाकारहरु फिल्ममा र विदेशको कार्यक्रममा व्यस्त भएका कारण तिते,जिरे र मेरी बास्सै टिम बाट गाईजात्रा महोत्सव नहुने भएको छ । यस पटक गाईजात्रामा दमन रुपाखेती, निरज नेपाल, प्रभाकर देव शर्मा, सुशीला निरौला उर्फ बिमली, रवि डंगोल, पूर्ण थापा, सुरेन्द्र केसी, शिवशंकर रिजाल, पल्पसा डंगोल, टिका भण्डारी, सन्तोष खनाल उर्फ फिल्मी किरो, पुष्प अवस्थी, बबिता बानिया उर्फ जेरी, विष्णु सापकोटा उर्फ हर्के हल्दार, शिवहरि बैरागी, शिव शर्मालगायतका कलाकारको प्रस्तुति रहनेछ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
थप समाचार

तपाईको प्रतिक्रिया