Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

नेपाल आइडल भर्सेस द भ्वाइस अफ नेपाल

काठमाडौं : प्रतिष्ठाको पहिलो आवाजको नारा सहित सुरु गरिएको ‘नेपाल आईडल’ साँच्चै नै चर्चाको शिखरमा रह्यो । गायन रियालिटि शो मा नेपालकै ईतिहासमा उच्च कोटीको मानिएको उक्त शो ले धेरै नेपालीहरुको मन पनि जित्यो र फेरी एपी वन टेलिभिजनले ‘मन जित्छ उसले, सुमधुर गाँउछ जसले’ भन्ने नाराका साथ सुरु गर्यो नेपाल आईडलको दोश्रो संस्करणको यात्रा । तर नेपालमा अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालिटि शो एपिवन टेलिभिजनको पर्दामा मात्र सिमित नराखी आजबाट कान्तिपुर टेलिभिजनले पनि सुरु गर्यो ‘द भ्वाइस अफ नेपाल’ । यति बेला झट्ट हेर्दा नेपाल आईडल मात्र नभई भ्वाइस अफ नेपालमा भाग लिने कलाकारको पनि उत्तिकै चर्चा हुन थालको छ ।

यति बेला झट्ट हेर्दा नेपाल आईडल मात्र नभई भ्वाइस अफ नेपालमा भाग लिने कलाकारको पनि उत्तिकै चर्चा हुन थालको छ ।

 

कसलाई नम्बर १ भन्ने ?

 

 

‘स्वागत छ नेपालको नम्बर १ रियालिटी शो नेपाल आइडलमा’ भनेर शुरु हुने गर्दथ्यो आइडल । हुन त एक्लै दौडिने हो भने जहिले पनि आफै नम्बर १ होइन्छ तर अब भ्वाइस अफ नेपालले इन्टरनेटको सर्च इन्जिनको  हवाला दिंदै आफुलाई संसार कै नम्बर १ भनिरहेको छ । को नम्बर १ भन्ने कुराको छिनोफनो समयले नै बताउनेछ । नेपाली गायन प्रतिभालाई कदर गर्ने यी दुबै रियालिटि शो को अगाडि बढ्ने भनेर प्रतिस्पर्धा गरेर आएको देखिन्छ । आम नेपाली सोचिरहेका छन आईडल राम्रो कि भ्वाइस तर आईडल र भ्वाइसमा प्रतिस्पर्धाको धारण नराखी मेचीदेखि महाकाली सम्मका लुकेका प्रतिभालाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।

 

२०७५ भदौ १० गते १ः४५ मा प्रकाशित

 

तपाईको प्रतिक्रिया