Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

क्याप्टेनको फस्टलुक पोष्टर सार्वजनिक

फिल्म ‘क्याप्टेन’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । शनिबार फिल्म निर्माण युनिटले सामाजिक सञ्जालमार्फत पोष्टर सार्वजनिक गरेको हो । अनमोल केसी स्टारर फिल्मको सार्वजनिक पोष्टरमा केसी खेलाडीका रुपमा आएका छन् । अनमोल केसीका बुबा भुवन केसीको निर्माण रहेको उक्त फिल्म दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्म खेलाडीको कथामा निर्माण भएको हो । काजल फिल्मसको प्रस्तुति रहेको फिल्म “क्याप्टेन”मा अनमोल संगै दुई नव-अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभी अनमोलको अपोजिटमा छन् । गाउँको एउटा युवा खेलाडीले राष्ट्रिय स्तरको खेलाडी बन्न कति संघर्ष गर्छ भन्ने मूल कथा फिल्ममा समेटिएको छ । फिल्ममा अन्य कलाकारहरु सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि मुख्य भूमिका रहेको छ । फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरीएपनि प्रदर्शनको मिति भने तोकिएको छैन् ।

तपाईको प्रतिक्रिया