Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

नेपालभर प्रदर्शनमा आउँदै चलचित्र नाईं नभन्नू ल ५

 

चलचित्र नाईं नभन्नू ल ५ शुक्रबारबाट नेपालभर प्रदर्शनमा आउदै छ । वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको सो चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मी, स्वतिमा खड्का, केकी अधिकारी, दिलिप रायमाझी, निरुता सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।

बालकलाकार सेड्रिना शर्मा र नवनायक अभिषेक नेपालले यसै चलचित्रबाट डेब्यू गर्दैछन् । यस अघिका ४ सिक्वेल सफल रुपमा आइसकेको यस चलचित्रको ट्रेलर र गीत सुपरहिट मात्र भएको छैन दर्शक र श्रोताले मन समेत पराएका छन् । चलचित्रका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने लेखन विकासराज आचार्य र सामीप्यराज तिमल्सेनाले संयुक्त रुपमा गरेका हुन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि