Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

निकिता र पुजाको असमझदारी हटाउन कुँवरको महत्वपुर्ण भूमिका

 

‘रामकहानी’ र ‘रोज’ चलचित्र एकैचोटी प्रदर्शनमा आउने भएपछि चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेललाई विभिन्न आरोप लगाएकी अभिनेत्री पूजा शर्माले अन्तत आफुहरुविचको असमझदारी मेटीएको बताएकी छिन् । फेसबुक मार्फत पुजाले ‘निकिता दिदीप्रति झन सम्मान बढ्यो’ थुप्रै कुरा र घटनापछि भावनामा मैंले उक्त स्टाटस लेखेको उल्लेख गरेकी छिन् । साथै फेसबुकमा पुजाले हजुरको मन सफा मुख मात्रै छुचो तेई पनि फुल अफ लभ भनेर निकिता र आफ्नु फोटो राखेर स्टाट्स पोस्ट गरेकी हुन् । निकिता र पुजाविच असमझदारी बढेपछि उनीहरुलाई भेट गराउन कलाकार अनुरागमानसिंह कुँवरले महत्वपुर्ण भूमिका खेलेका थिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि