Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

२ रुपैया पछि डामाडोल

चलचित्र ‘२ रुपैयाँ’ बनाएर चर्चा कमाएका चलचित्रका टिमले अब अर्को चलचित्र “डामाडोल” पनि निर्माण गर्न लागेका छन् । चलचित्र कमेडी कथामै निर्माण हुनेछ ।यो चलचित्रमा ‘२ रुपैयाँ’कै मुख्य कलाकार निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहनेछ । तर, यसपटक नायिका भने परिवर्तन भएकी छिन् । अघिल्लो चलचित्रमा मेनुका प्रधान थिइन् भने ‘डामाडोल’मा भने नायिका बर्षा राउतको मुख्य भूमिका रहने वुझिएको छ । चलचित्रलाई असिम शाहले निर्देशन गर्दैछन् । गतबर्ष रिलिज भएको ‘२ रुपैयाँ’ चलचित्र कथावस्तु र ‘कुटुमा कुटु’ बोलको गीतले हिट भएको थियो । अहिले ‘डामाडोल’का लागि पनि त्यो स्तरको गीत राख्ने कोशिश निर्माणपक्षले गरेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि