Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

“जय श्री दाम” को रिलिज मिति सार्वजनिक

“जय श्री दाम” फिल्मले एकसाथ पोस्टर र रिलिज मिति सार्वजनिक गरेको छ। विप्लप उप्रेतीको निर्देशन डेब्यू रहेको फिल्ममा अमृत ढुँगाना, जेबिका कार्की, विनोद न्यौपाने तथा राजन खतिवडाको मुख्य अभिनय रहेको छ।

फिल्म पुस २० देखि रिलिज हुने यस फिल्मको फस्टलुक पोस्टरमा मुख्य अभिनेता त्रय अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा फिचर छन् ।

पोस्टरमा राजनलाई पण्डितको भेषमा प्रस्तुत छन् भने अमृत र विनोदले गमलालाई नमस्ते गरेको अवस्थामा देखिन्छन् । पोस्टरको नेपथ्यमा नेपाली रुपैयाँको “नमुना” जोडिएको छ ।

फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह-निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि