Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

‘रोज’को ट्रेलर सार्वजनिक

प्रेम, क्राइम र थ्रिलरले भरिएको चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ । गोपीकृष्ण मुभिजको निर्माण र आरोही इन्टरटेन्मेन्टको सहकार्य तथा निरक पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का, नायिकाद्धय परमिता आर एल राणा र मिरुना मगरको मुख्य भूमिका छ ।

आफ्नी प्रेमिकाको हत्या गरेको एक प्रेमीको जीवनको कथालाई यो चलचित्रले उठान गरेको छ ।चलचित्रको ट्रेलरमा एउटा प्रेमी र उसका अनेक रुपको कथालाई देखाइएको छ । भदौ २२ गते रिलिज हुने चलचित्रलाई लिएर दर्शकमा उत्साह थपिएको छ ।

तपाईको प्रतिक्रिया