Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

छक्का पन्जा ३ को टिम गीत छायाङ्कन गर्न शास्वत धाममा

फिल्म रिलिज हुने मिति नजिकीदै जादा छक्का पन्जा ३ को टिम पछि उमेर ढल्किन्छ फेरी काल पल्किन्छ भन्ने बोलको गीत छायाङ्कन गर्न नवलपरासी पुगेका छन् । फिल्मको पहिलो गीत पहिलो नम्बरमाले चर्चा पाइरहेको समयमा छक्का पन्जा ३ को टिम दोस्रो गीत छाकाङ्कन गर्न नवलपरासी स्थित शास्वत धाम पुगेका हुन् ।

फिल्मका मुख्य कलाकारको साथमा निर्देशक दिपाश्री निरौला, कोरियोग्राफर कविराज गहतराज, छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान नवलपरासी पुगेका हुन् । पछि उमेर ढल्किन्छ फेरी काल पल्किन्छ भन्ने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि