Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

मालिकाको नयाँ गीत भयो सार्वजनिक

रेखा थापा निर्देशित तथा अभिनित फिल्म मालिकाको नयाँ गीत सार्वजनिक भएको छ । सर सर हावा बहन्छ बोलको गीत युट्युबमार्फत् सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको संगीत तथा शब्द रहेको उक्त गीतमा आस्था राउतको स्वर रहेको छ भने भिडियोमा फिल्मका मुख्य दुई कलाकार रेखा थापा र कमल वलीले फिचरिङ गरेका छन् । आगामी कार्तिक २१ गतेबाट प्रदशर्नमा आउने फिल्मको छायांकन जाजरकोट, काठमाडौं, बनेपा, बाँके लगायतका शहरमा गरिएको हो । रेखा फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा नरबहादुर कार्कीको लगानी छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि