Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

नाईं नभन्नू ल १ र ३ मिस गरेकी केकीको ५ मा महत्वपुर्ण अभिनय

नेपाली चलचित्र क्षेत्रकी सुन्दर नायिका केकी अधिकारीले नाईं नभन्नू ल ५ मा महत्वपुर्ण अभिनय गरेकी छिन् । फिल्मका निर्देशक विकास आचार्यले केकीलाई आफ्नो फिल्ममा अभिनयका लागि आग्रह गरेसगै केकीले सो आग्रह सहर्ष स्वीकारेर महत्वपुर्ण अभिनय गरेकी हुन् । हुन त केकीलाई नाईं नभन्नू ल १ र ३ मा अभिनय गर्न यस अघि पनि प्रस्ताव गरीएको थियो । सो समयमा प्रस्ताव लिएर जादा केकी अर्को फिल्ममा निकै व्यस्त भएका कारण उनले महत्वपुर्ण अवसर गुमाउनु परेको थियो । भदौ ८ बाट प्रदर्शनमा आउन लागेको फिल्म नाईं नभन्नू ल ५ मा काम गर्दा निकै खुशी लागेको केकीले बताएकी छिन् । फिल्ममा केकीका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । स्मरण रहोस नायिका केकी अधिकारीले चलचित्र कोहलपुर एक्सप्रेस पनि निर्माण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि