Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

रिलिज भयो ‘मेरी मामु’ फिल्मको ट्रेलर

मेरी मामु फिल्म को ट्रेलर बिहीबार रिलिज भएको छ । ललितपुर स्थीत डिएभी विद्यालयमा अध्यनरत विद्यर्थीबीच फिल्मको ट्रेलर रिलिज गरिएको निर्माण पक्षले जनाएको छ । सार्वजनिक गरीएको ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरूलाई फिचर गरिएको छ । मेरी मामु फिल्म बालमनोविज्ञानमा आधारित भएका कारण ट्रेलर विद्यालयमा रिलिज गरिएको निर्माण पक्षले बताएको छ । प्रेम गीत तथा प्रेम गीत २ जस्ता सफल फिल्म निर्माण गरेको आशुसेन फिल्मसको व्यानरमा निर्माण भएको मेरी मामु फिल्मलाई यम थापाले निर्देशन गर्नुभएको हो । आमा छोराको सम्बन्धको कथा बोकेको फिल्म भदौ १५ गतेबाट देशैभर प्रदर्शनमा आउदैछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि