Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

मह सञ्चारको ‘दाल भात तरकारी’

मह सञ्चारको प्रस्तुति किरण केसीको निर्माण र सुदन केसीको निर्देशनमा बन्न लागेको चलचित्र दाल भात तरकारीका कलाकारहरुको नाम सार्वजनिक गरीएको छ । सार्वजनिक गरिएका नामहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल,निरुता सिँह, प्रियङ्का कार्की, वर्षा राउतदेखि पुष्प खड्का लगायत छन् । सुदन केसीले निर्देशन गर्ने चलचित्रमा हरिवंशका छोरा मोहितवंश आचार्य र मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठको पनि महत्वपुर्ण भूमिका हुने भएको छ । मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको चलचित्र मंसिर पहिलो साताबाट छायांकनमा जाने बताईएको छ । चलचित्रलाई २०७६ को बैशाख १३ मा रिलिज गर्ने निर्माण युनिटले लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि