Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

चलचित्र ‘रोजी’को नाम भयो ‘रोज’

 

चलचित्र रोजी को नाम परिवर्तन गरिएको छ । रोजीबाट चलिचित्रको नाम रोज नामाकरण गरिएको हो । रोजी महर्जनको हत्या घटनासँग चलचित्र रोजीको कथा र परिवेश मिलेको भन्दै उनका परिवारले रोजी नाम नराखिदिन आग्रह गरेपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो । आगामी २२ भदौमा प्रदर्शनमा आउने यो चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मालगायतका कलाकारको मुख्य भूमिका छ । यसअघि महर्जन परिवारले फिल्मको कथा र नामसँग आपत्ति जनाउँदै चलचित्र विकास बोर्डमा उजुरी दिएपछि छायांकन बीचमै रोकिएको थियो । त्यसबेला निर्माण पक्षले नाम परिवर्तन गरी रिलिज गर्न तयार रहेको बताएपछि छायांकन सुचारु भएको थियो ।

तपाईको प्रतिक्रिया

...र यो पनि