Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

द ब्रेकअप टिमले आउदो पुस २७ गते फिल्म रिलिज गर्ने

चलचित्र द ब्रेकअप अगामी पुस २७ गते रिलिज हुने भएको छ । निर्माण टिमले फिल्मको छायांकन सकिएको घोषणा गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक हेमराज बिसीले भदौमै रिलिज गर्ने भनिएका चलचित्रको प्राविधिक काम नसकिएको भन्दै पुस २७ रिलिज गर्ने जानकारी दिनुभयो । केही दिनअघि फिल्मबाट निर्माता रोहित अधिकारीले हात झिकेको वारेमा बोल्दै निर्देशक बिसीले आपसी सम्झौतामा फिल्मबाट अधिकारी बाहिरिएको खुलासा गर्नुभयो । उक्त कार्यक्रममा फिल्म युनिट र अन्य सेलिब्रेटी कलाकार सगै पत्रकारहरुको उल्लेखीय उपस्थिति रहेको थियो । आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको फिल्म द ब्रेकअप प्रेम कथामा आधारीत छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि