“कसौटी जिन्दगीमा” शाहरुख खानको प्रवेश

एक जमानामा हरेकको घरघरमा तहल्का मचाएको निकै नै लोकप्रिय भारतीय टिभी सिरियल “कसौटी जिन्दगीकी” गृहणी महिलाहरुमाझ अत्याधिक लोकप्रिय बनेको थियो । निर्माती एकता कपुरद्धारा निर्मित यस टिभि सिरियलको सफलतापछि भारतीय टिभीहरुमा पारिवारिक टेलिश्रृंखलाको बाढी नै आयो ।
त्यही लोकप्रियलाई कायम राखी निर्माती अहिले ‘कसौटी जिन्दगीकी २’ को निर्माणमा जुटेकी छन् । यसको सुटिङ पनि सुरु भइसकेको छ । उनी चाहन्छिन् पहिलेकै जस्तो लोकप्रियता यसले फेरि पनि ल्याओस । सिरियललाई सुरुमै चर्चित बनाउन उनी अनेक उपायहरुको खोजी गरिरहेकी छिन् ।
यसै सिलसिलामा एकताले यस सिरियलमा बलिउड सुपरस्टार शाहरुख खानलाई इन्ट्री गराउन सफल भएकी छन् । जसमा शाहरुखले सिरियलका पात्रहरु दर्शकलाई चिनाउनेछन् । उनलाई अघिल्ला तीन एपिसोडमा देख्न सकिनेछ । “कसौटी जिन्दगीकी” मा प्रमुख तीन पात्र थिए । प्रेरणा, अनुराग बशु र मिस्टर बजाज ।
यसपाली तीनवटै भूमिकामा नयाँ कलाकारहरु लिइएको छ । प्रेरणाको भूमिकामा एरिका फर्नान्डिसले अभिनय गर्दैछिन् भने अनुरागको भूमिकामा पार्थ समथान कन्र्फम भएका छन् । यो टेलिसिरियल कहिलेबाट प्रशारण सुरु हुन्छ भन्ने निधो भएको छैन ।
थप समाचार

तपाईको प्रतिक्रिया