शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

हाम्रो बारेमा

महक इन्टरटेन्टमेन्ट एण्ड मिडिया हाउसद्वारा संचालित

नेपाली चलचित्र तथा मनोरञ्जनको क्षेत्र विशाल छ । यहाँ कुनै पनि समयमा जे पनि हुन सक्छ । केही प्रगति त केही सन्तुष्टि । धेरैका उतारचढावका कथा छन् यहाँ । जसलाई बुझ्न चाहनु सबैको अधिकार हो र समयको माग पनि । यही मनोरञ्जनको संसारमा भएको लामो समयको कसरतलाई आधार मान्दै अब देखि हामी प्रविधिलाई भरपुर प्रयोग गर्दै तपाइँको साथमा आएका छौं । नेपाली चलचित्र तथा मनोरञ्जनको समाचार तथा तथ्यपरक जानकारी प्राप्त गर्ने र गलत तथा हावादारी समाचारको पछाडि नदौडने सबैको चाहनालाई सदैव कदर गर्नेछौं र आगामी दिनमा सधैं स्वच्छ मनोरञ्जनका साथ तपाइँसगैं रहने प्रण गर्दछौं । विश्वास छ तपाइँको र हाम्रो साथ बलियो बन्नेछ ।
– फिल्मीइन्फो परिवार ।